ग्लोबल आइएमई बैंकको नयाँ शाखा कार्यालय बागलुङको बलेवामा
- गाउँ सहर संवाददाता
- ७ चैत सोमबार, २०७८ | १८:३८:०० मा प्रकाशित
बागलुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।
सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका – १४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका छन् । यस्तै, एटीएम काउण्टरको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घघाटन गरेका छन् ।
बैंकका अध्यक्ष ढकालले, सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र बागलुङको वलेवा नारायस्थान शाखाले त्यहाँका स्थानीय बासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ शाखा स्थापना गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।
ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसले शाखाले सोही क्षेत्रका ग्राहकलाई छिटो, छरितो एवं सरल बैंकिङ्ग सेवा दिने उद्देश्यले एटीएम सेवा समेत शुरू गरेको छ ।
यसका साथै, बैंकले मधेश प्रदेकको पर्सा जिल्ला, वीरगजं महानगरपालिका वडा नं. १५, बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८९ शाखा, २५४ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
प्रतिकृया दिनुहोस