आगलागी : रामेछापमा क्षणभरमै २२ घर र गाेठ जलेर पूर्ण रूपमा नष्ट
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | ०४:५५:०० मा प्रकाशित
रामेछाप । रामेछापको रामेछाप नगरपालिका–७ सुकाजोरस्थित रजयछापमा आगलागी हुँदा ११ घर जलर पूर्ण रुपमा नष्ट भएको छ ।
शनिवार विनोद श्रेष्ठको घरमा विद्युत सट भई आगलागी हुँदा २२ वटा घर र गाेठ जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
आगलागीबाट ११ घर ११ गाेठ जलेकाे छ भने मानविय क्षति भने भएकाे छैन ।
स्थानीय, नयाँ गोरख गणबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलको सहयोिगमा आगलागी नियन्त्रणमा लिएपनि कराेडाैंकाे क्षति भएकाे छ ।
नेपाली कांग्रेसका सभापति र्ण बहादुर तामाङ (कान्छाराम ) ले पीडित परिवारलाई तत्काल राहतका लागि १० हजार रूपैयाँ र लत्ताकपडा सहयाेग उपलब्ध गराउन लागेकाे रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले जानकरी दिएकी छन् । नेपाली काग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्की, सदस्य स्थानीय गुन्ज बहादुर कार्की, वडा अध्यक्ष वडा सदस्य तथा अन्य नेताहरु पीडितलाई तत्काल बस्ने बासको व्यवस्था गर्न जुटेका छन् ।
आगलागीबाट क्षति भएका घरहरुकाे विवरण
रामेछाप नगरपालिका ७ रजयछाप बस्ने बिनोद श्रेष्ठको ढुङ्गा माटोले बनेको खरले छाएको १ तल्ले कच्ची घर र गोठ जली नष्ट भएको ।
हिमलाल श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
एकलाल श्रेष्ठ को ढुङ्गा माटो र जस्ताले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
दलबहादुर मगर को ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
धन बहादुर श्रेष्ठको ढुङ्गा माटो र जस्ताले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
तेज बहादुर श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
चिरन्जिबि श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
ठेग बहादुर मगरको ढुङ्गा माटो र जस्ताले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
ईश्वरलाल श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
धन बहादुर मगरको ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
शंकर श्रेष्ठ ढुङ्गा माटो र खरले छाएको १ तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस