स्वास्थ्य

यौन स्वास्थ्य सम्बन्धी जान्नैपर्ने यी कुराहरु

daily star

काठमाडाैँ । लजाउनु छुट्टै कुरा हाे तर यौन सबैको चासोको विषय हो । यहिकारण यौनसँग सम्बन्धित विषयहरुमा सबैको रुची हुन्छ ।

रूची भएपनि हामी खुलेर कुरा गर्न असमर्थ हुन्छाैँ अनि राेग लागेपछि चिन्ता दायर गर्छाैँ । रुचीको विषय भएरपनि लाजकाे कारण यौन स्वास्थ्य सम्बन्धी विभिन्न मानविय गुण तथा व्यवहार र यथार्थ तथ्यको बारेमा धेरै जानकारी लिन पछि पर्छाैँ ।

संसारमा जन्म, मृत्यु जस्तै यौन पनि साश्वत सत्य हो । सृष्टि चक्र सञ्चालनका लागि यो अनिवार्य सर्त हो ।  मुखले अनिवार्य भनेपनि व्यवहारमा शुन्य छ । याैन स्वास्थ्यको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । तर, त्याे संस्कार हामीमा छैन, समाज संकुचित छ । जे भएपनि चिकित्सा विज्ञानले याैन स्वास्थ्यका बारेमा केही यथार्थ तथ्यहरु प्रस्तुत गरेका छन् ।

  1. सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । उर्जा प्रदान गर्छ । 
  2. सम्भोग तनाव निवारक औषधि पनि हो । 
  3. खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।
  4. एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ कि त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।
  5. पुरुषको यौनाङ्गबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही समयमात्र बाँच्न सक्छन् । यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीनदेखि पाँच दिनसम्म बाँच्न सक्छन् ।
  6. सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठिन हुन्छ । 
  7. सम्भोगका बेला पुरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशतसम्मले बढ्ने गर्दछ ।
  8. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर, यदि पुरुषको शरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । 
  9. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनाङ्ग हुँदै पाठेघरसम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्बसँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकास हुन थाल्छ । 
  10. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुवैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।
  11. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढी मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढी हुन्छ ।
  12. साहिँली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ । त्यस्तै पुरूषकाे नाक र महिलाकाे अाेठकाे अाकारले लिंग वा याेनीकाे अाकार थाहा हुन्छ ।
  13. विश्वमा सबैभन्दा बढी गर्भनिरोधक चक्कीको प्रयोग १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने गर्छन् । 
  14. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । प्रत्येक २० जनामध्ये एक पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । 

एजेन्सीको सहयोगमा ।

तपाईँको मत