रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा 4G मोबाइल सेवा विस्तार
- गाउँ सहर संवाददाता
- ३१ बैशाख बुधबार, २०८२ | २०:२३:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्यको रुपमा परिचित रहेको लाङटाङ-क्यान्जिन पदमार्गमा सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी 4G मोबाइल सेवा सञ्चालन गरेको छ ।
काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको 4G मोबाइल सेवाले पर्यटकहरुलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरुसँग साटासाट गर्न सहयोग पुग्ने टेलिकमले बताएकाे छ ।
समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा 4G सेवा सञ्चालनमा टेलिकमले ल्याएको हो ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको 4G सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पूर्वमन्त्री माेहन बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्ति हुन्छ: प्रधानमन्त्री
- निरन्तर ओरालो नेप्से, के छ साताकाे अन्तिम दिनकाे खबर ?
- बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
- सरकारी बेरूजू थुप्रिएकाे थुप्रिएकै, ७ खर्ब ३३ अर्ब पुग्यो बेरुजु, वर्षमै थपियो ९१ अर्ब ५९ करोड
- आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख
- क्यानसँगकाे सम्झाैताबाट बाहिरिने सन्दीपको निर्णय
- जेठको लागि बैंकहरूकाे नयाँ ब्याजदर प्रकाशित
- संसदमा सत्तापक्षी र प्रतिपक्षीका यस्ता तर्क (लाइभ)
- विवाहमा छोराबुहारीलाई बीमालेख उपहार
प्रतिकृया दिनुहोस