नेपालले दियाे पीएनजीलाई २०४ रनकाे लक्ष्य
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | १४:०९:०० मा प्रकाशित
काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) लाई २ सय ४ रनको लक्ष्य दिएको छ ।
पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय ३ रन बनाएको हो ।
दीपेन्द्रसिंह ऐरीको सानदार अर्धशतकमा नेपालले विशाल रन बनाएकाे छ । दीपेन्द्रले ३३ बलमा ६६ रन बनाए । उनले १८ औं ओभरमा नोर्मन भानुआलाई लगातार तीन छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रले कुल ३ चौका र ४ छक्का प्रहार गरे ।
नेपालले १८ औं ओभरमा २४ र १९ औं ओभरमा ३२ रन जोडेको थियो । डेब्यू गरिरहेका मोहम्मद आदिल अहमदले १९ औं ओभरमा नोसाइना पोकानालाई ३ छक्का र १ चौका तथा दीपेन्द्रले १ छक्का प्रहार गरेका थिए । पोकानाले सोहि ओभरको अन्तिम बलमा दीपेन्द्रलाई क्याच आउट गराए ।
आदिलले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए । काबुआ मोरेआले अन्तिम ओभरमा आदिल, दीलिप नाथ (०) र करण केसी (१) लाई आउट गरे । नेपालले अन्तिम ओभरमा ४ रनमात्र बनाउन सक्यो । आरिफ शेख २ रनमा अविजित रहे ।
कुशल भुर्तेल र आसिफ शेखले ७ ओभर भित्र ४२ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । कुशल २० बलमा १७ रन बनाई आउट भए । पछिल्ला दुई खेलमा नेपालबाट उच्च स्कोर बनाएका आसिफले २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाए । रोहित पौडेलले ४१ रन बनाए । उनले २३ बल खेली ४ चौका र २ छक्का प्रहार गरे ।
ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो ५० औं खेल हो । नेपालले यस खेल जितेमा राउन्ड रोबिन लिगको एक खेल अगावै फाइनल पुग्ने छ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र अघिल्लो दिन मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस