गाउँ सहर

मालपोत कार्यालयका निमित्त प्रमुख पाँच लाख घुससहित पक्राउ

काठमाडाैं । मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । धनुषाका निमित्त प्रमुख सुनिल झा घुससहित पक्राउ परेकाे अख्तियारले जानकारी दिएकाे छ । 

सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले जनाकपुरको भानुचोकबाट उनलाई पक्राउ गरेको हो । जग्गा सम्बन्धी मुद्दा पक्षमा गरिदिने भन्दै घुस मागेको आरोपमा उनलाई सोमबार बिहान पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

रामकुमार महतो, सरिताकुमारी महतो र भाइबुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको धनुषा झिझिकटैयाको जग्गामा विक्रम झाले हक साफ मुद्दा दायर गरेका थिए ।

मुद्दाको पेशी चैत १४ गते भएको थियो। निर्णय सुनाउने मिति २१ गते बोलाइएकोमा फैसला सुनाएवापत् घुस मागेको आरोप झामाथि छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत