राजनीति

‘खल्ती’ बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई १० प्रतिशत भ्याट फिर्ता

काठमाडाैं । ‘खल्ती’ बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई १० प्रतिशत भ्याट फिर्ता पाउने भएका छन् । 

 

वर्ल्डलिंक र खल्तीबीच यसबारे समझदारी भइसकेको छ । १० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५ प्रतिशत क्यासब्याक र रु. १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड प्रयोग गरी छुट प्रदान गर्दै आएको छ ।

 

अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपालतर्फ ६ लाख ५० हजार वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुग्ने कम्पनीको विश्वास छ ।  जसअनुसार उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउनेछन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत