गाउँ सहर

गभर्नर अधिकारी सर्वोच्चमा किन पुगे ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन् । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन् ।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत