झिनो अंकले सुधारियाे शेयर बजार, एक अर्ब ४५ करोडमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- ८ बैशाख बिहीबार, २०७९ | १५:३०:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको अन्तिम दिन बिहिबार झिनो अंकले सुधारिएकाे छ । आज नेप्से ४.९४ अंकले बढेर दुई हजार ३ सय २५ दशमलब ४५ विन्दुमा रोकिएको हो । बुधबार नेप्से ३६.७३ अंकले घटेर दुई हजार ३ सय २० दशमलब ५१ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज नेप्सेमा एक अर्ब ६२ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । बुधबार नेप्सेमा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका १०० कम्पनीको शेयरमूल्य बढेको छ भने ८६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर प्रतिकित्ता ३६०.८० रुपैयाँ पुगेको छ ।
आज घलेमदी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज १० करोड ३६ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस