हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण, प्रतिव्यक्ति आम्दानी १,३८१ डलर
- गाउँ सहर संवाददाता
- १४ जेठ शनिबार, २०७९ | २१:३६:०० मा प्रकाशित
काठमाडाैं । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ ।
यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको हो ।
शनिबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण-२०७८ अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक १८ हजार रूपैयाँले वृद्धि भएको छ।
२०७७-७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक एक लाख ४६ हजार ५ सय २१ रूपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा १८ हजार रूपैयाँ बढेको छ।
बढेर प्रतिव्यक्ति आम्दानी एक लाख ६४ हजार ५ सय २१ रूपैयाँ पुगेको अनुमान गरिएको छ।
हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण
त्यसैगरि नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।
हाल अर्थतन्त्रमा उपभोगको हिस्सा ९०.७ प्रतिशत बराबर छ। गत आर्थिक वर्षमा यस्तो हिस्सा ९२.३ प्रतिशत थियो। यद्यपि उपभोगमा भने ११.५ प्रतिशतको वृद्धि छ।
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र भने ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष ४.२५ प्रतिशतको आर्थिक वृद्धि भएको थियो।
प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन्। आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा पहिले संघीय संसदमा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ। संविधानमै हरेक वर्षको जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस