टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १५ जेठ आइतबार, २०७९ | १९:१६:०० मा प्रकाशित
लमजुङ । लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ ।
मध्यनेपालस्थित भोर्लेटारबाट आइतबार दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उनले भने, ‘मध्यपहाडी लोकमार्गको उक्त टिपर सोही मार्ग निर्माणका लागि ढुङ्गा लोड गरेर ल्याउने क्रममा बाटो साँघुरोका कारण सडकबाट ३० मिटर तल खसेको छ ।’
धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेको मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीन जनाको सोही टिपरले च्यापिएर मृत्यु भएको छ । यतिबेला उनीहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । सबै जना सोही मार्गमा काम गर्ने मजदुर रहेको बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस