पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असार ९ गतेबाट कोरोनाविरुद्धको खोप
- गाउँ सहर संवाददाता
- २० जेठ शुक्रबार, २०७९ | १९:१७:०० मा प्रकाशित
काठमाडौँ । सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असार ९ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई चरणमा खोप लगाउने जानकारी जानकारी दिए ।
मन्त्री खतिवडाका अनुसार सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको गरी खोप अभियान सञ्चालन गरिने भएको हो ।
बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने मन्त्री खतिवडाले बताए ।
खोप सुरक्षित र प्रभावकारी भएकोले सबै अभिभावकलाई निर्धक भएर बालबालिकालाई खोप लगाउन मन्त्री खतिवडाले आग्रहपनि गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङको १० मिलियन डलर लगानी
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
प्रतिकृया दिनुहोस