पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित
- गाउँ सहर संवाददाता
- १५ बैशाख शनिबार, २०८१ | १७:२१:०० मा प्रकाशित
काठमाडौँ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।
नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।
दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए ।
खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जितसम्म डोर्याए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे । नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए ।
शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मन्त्रिपरिषद् बैठककाे निर्णयः सरकारको नीति तथा कार्यक्रम जेठ १ गते
- कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ
- एमसीसीले लगायाे ४०० केभी बुटवल सबस्टेशन निर्माणको जिम्मा भारतीय कम्पनीलाई-
- अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड
- नयाँ सरकार गठनका लागि दाबी पेश, मुख्यमन्त्री केदार कार्की सर्वाेच्चमा
- बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरूद्ध पक्राउ पुर्जी जारी
- कालोसूचीमा किन नराख्न भन्दै २७ ठेकेदार कम्पनीलाई स्पष्टीकरण
- रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
प्रतिकृया दिनुहोस