पर्वातारोही शेर्पाले मुक्तिनाथ विकास बैंककाे बजारीकरण प्रवर्द्धन गर्ने
- गाउँ सहर संवाददाता
- १ असार बुधबार, २०७९ | १६:४९:०० मा प्रकाशित
काठमाडाैं । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरि सम्झौता पत्र हस्ताक्षर गरेका छन् ।
लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् । उनले तीन पटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् । जसकारण उनी गिनिज रेकर्ड होल्डर पनि हुन् ।
एक कार्यक्रमबीच बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसर (Brand Influencer) को रुपमा कार्यहरु निर्वाह गर्नेछन् ।
उनका आगामी अभियानमासमेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
प्रतिकृया दिनुहोस