प्रभु लाइफद्वारा सातै प्रदेशमा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- ६ असार सोमबार, २०७९ | १४:०१:०० मा प्रकाशित
काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालभर सातै प्रदेशमा बृहत अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक प्रदेशमा अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रदेश नं. १ को विर्तामोड र इटहरी, मधेस प्रदेशको बर्दिबास र बीरगंज, बागमती प्रदेशको नारायणगढ र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढी र लम्कीमा सो कार्यक्रम सम्पन्न भएको थियो । उल्लेखित सबै स्थानहरुमा गरेर करिब १२ हजार भन्दा बढि अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको प्रमुख आतिथ्यमा रहेका कार्यक्रमहरुमा अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमहरुमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रवन्धक, ब्यवसाय प्रमुख, एजेन्सी विभागका प्रमुख, सम्बन्धित प्रदेशका प्रदेश प्रमुख लगायत कम्पनीका कर्मचारीहरुकोसमेत सहभागिता रहेको थियो ।
कम्पनीका उच्च ब्यवस्थापनका सदस्यहरुले उक्त कार्यक्रममा अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिएका थिए । कम्पनीको मेरुदण्डको रुपमा रहेका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । उक्त कार्यक्रमहरुबाट अभिकर्ताहरुले नयाँ जोश, जाँगर र थप हौशला प्राप्त गरेको कुरा व्यक्त गरे ।
वागमती प्रदेशको काठमाडौंमा २०७९ असार ४ गते भव्य रुपमा आयोजित सो कार्यक्रम अपार सफलता सहित सम्पन्न भएको थियो । कार्यक्रममा ६०० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो । उत्कृष्ट अभिकर्ताहरुको सम्मान सहित, उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कम्पनीको लोगो अंकित विभिन्न सामाग्री लगायत साम्सुङ्गको १०.५ इन्चको ट्यावलेट प्रदान गरिएको थियो । मापदण्ड पुगेका सम्पूर्ण अभिकर्ताहरु मध्येबाट १ जना भाग्यशाली अभिकर्ता श्री जालन्धर कार्कीज्यूलाई गोलाप्रथाबाट १ थान होण्डा ग्राजिया १२५ सि.सी. स्कुटर प्रदान गरिएको थियो ।
यि कार्यक्रमहरुबाट कम्पनीले आगामी दिनहरुमा आफ्नो व्यवसाय बृद्धि हुने कुरामा दुईमत नरहने विश्वास व्यक्त गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस