खेल

रजत वर्षको अवसरमा व्यवसायीबीच दौड प्रतियोगिता

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको रजत वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार व्यवसायीहरुविच दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

पोखरा–२७ डाँडाको नाक स्थित लेखनाथमहोत्व स्थलबाट भण्डारढिक खेल मैदानसम्म झण्डै २ किलोमिटर दुरीमा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ पोखरा–३१ का राहुल थापा प्रथम भएका छन् । उनले ८ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्न सफल भएका थिए भने उक्त दुरी ९ मिनेट १२ सेकेण्डमा पार गर्दै महेन्द्र नेपाली दोश्रो हुन सफल भएका छन् । यस्तै पोखरा–२९ नौविसेका मदनकुमार थापा तृतीय हुन सफल भएका छन् । उनले निर्धारीत दुरी ९ मिनेट ३९ सेकेण्डमा पुरा गरेका थिए । खिमनाथ शर्मा, अपिल सुवेदी र प्रकाश भुर्तेल पुरुषतर्फ सान्त्वना हुन सफल भएका छन् ।

यसैगरी महिलातर्फ पोखरा–३० पावर हाउसकी चोलीमाया थापा प्रथम भएकी छन् । उनले १२ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्न सफल भएका थिईन भने उक्त दुरी १२ मिनेट ३० सेकेण्डमा पार गर्दै पोखरा–२७ अघौंकी शुष्मा सापकोटा दोश्रो हुन सफल भएकी छन् । यस्तै पोखरा–३२ तल्लो गगनगौंडाकी छाँया बसौला तिवारी तृतीय हुन सफल भएकी छन् । उनले निर्धारीत दुरी १३ मिनेट १३ सेकेण्डमा पार गरेकी थिईन् । सरस्वती बराल, ईन्दु जोशी र एलिसा बराल सान्त्वना हुन सफल भएका छन् । संघका पुर्वध्यक्षहरु मध्ये सुमन भटृराई पहिलो हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम हुन सफल प्रतियोगिले नगद रु १२ हजार, द्वितीय हुन सफल प्रतियोगीले नगद रु ८ हजार, तृतीय हुन सफल प्रतियोगीले नगद रु ४ हजार र सान्त्वना हुन सफल प्रतियोगीले नगद रु २ हजार प्राप्त गर्नेछन । पुरस्कार रकम यहि असार २० गते हुने वार्षिकोत्सव कार्यक्रममा वितरण गरिने संघले जनाएको छ ।

विजयीहरुलाई वधाई ज्ञापन गर्दै संघका अध्यक्ष क्षत्रधर आत्रेयले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा संघले जोड दिंदै आईरहेकोमा खेलकुद तर्फ स्वास्थ्को दृष्टिकोणले पनि दौड प्रतियोगिता अत्यन्तै फलदायी हुने देखिएकोले अगामी दिनहरुका पनि अझै व्यवस्थित गरेर निरन्तरता दिने बताएका थिए ।

दौड प्रतियोगिता शुरु हुनु अघि प्रतियोगीहरुलाई खेलको नियमको विषयमा खेल प्रेमी खडग बहादुर रानाभाटले जानकारी गराएका थिए । संघका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक राजेन्द्र ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी राजुले गरेका थिए । लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो रजत वर्षका अवसरमा शुक्रवार विद्यालयल स्तरिय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको छ ।

रजत वर्षलाई विविध कार्यक्रमका साथ मनाउने उद्धेश्यले आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा युनिभर्स बोडिङ स्कुल पोखरा ३२ का करुणा शर्माले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।

विभिन्न चार वटा शीर्षक अन्तरगत १९ प्रतिश्पर्धीहरु मध्येबाट त्रिभुवन शान्ति मा.बि.का प्रशिद्धि ओझा द्वितीय, डायमण्ड मा.वि.का रक्षा अधिकारी तृतीय स्थान हासिल गरेका थिए भने न्यूलाईट मा.वि.का युरिका सुवेदी, नेपाल आदर्शका मा.बि.का स्वागत भुषाल, लेखनाथ पब्लिक स्कुलका बिबेक अधिकारी र गोगन मा.वि.की स्मृती ढकालले चतुर्थ स्थान हासिल गरेका थिए ।

लेउवा संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको कार्यक्रमका निर्णायकहरुमा बिन्ध्यबासीनी संस्कृत बिद्यापीठ पोखराका क्याम्पस प्रमुख डा. जगन्नाथ रेग्मी, पृथ्वीनारायण क्याम्पस पोखराका उप प्राध्यापक सुरज पौडेल र कन्या क्याम्पस पोखराका उप प्रध्यापक डा. भुमिराज वस्ताकोटी रहेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत