तेह्रजना मृत्यु हुनेगरि भएकाे कहाली लाग्दाे दुर्घटनाका तस्बिरहरु, सुनापतिबासीका लागि कालाे दिन
- गाउँ सहर संवाददाता
- २१ असार मंगलबार, २०७९ | २०:३३:०० मा प्रकाशित
काठमाडाैं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ९ जनाको घटनास्थलमा र ४ जनाको उपचारको क्रममा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले गाउँसहरलाई बताए ।
दुर्घटनामा घाइते भएका २१ जनाको काभ्रेको धुलिखेल अस्पताललगायत काठमाडाैंकाे बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस बिहान दश बजेतिर दुर्घटना भएकाे थियाे ।
बसमा ३४ जना बोकेर काठमाडौंतर्फ आउँदै गरेकाे थियाे । उक्त दुर्घटनामा मृत्यु हुने १३ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परेका उद्धार तथा घाइतेहरूकाे अवस्था बुझ्न सुनापति गाउँपालिकाका अध्यक्ष ठूलाेकान्छा तामाङ धुलिखेल अस्पतालमा पुगेका छन् ।
अध्यक्ष तामाङले उपचाररत र मृतकहरू बारेमा यातायातका समितिका पदाधिकारीहरूसँग छलफल गरिने र उपचार र क्षतिपूर्तिकाे लागि तत्काल पहल गर्ने बताए ।
गाउँसहरसँग कुरा गर्दै अध्यक्ष तामाङले गाउँपालिकाले पनि मृतकका परिवार र घाइतेहरूका लागि आवश्यक सहयाेग गरिने प्रतिवद्धता व्यक्त गरे ।
साथै उनले समितिका पदाधिकारीहरूसँग छलफल गरेर उक्त रूटमा चल्ने बसहरूकाे अवस्थाकाे बारेमा पनि बुझ्ने र पुराना गाडीहरू चलाउने राेक लगाउने तथा सडककाे अवस्थाका विषयमा पनि छलफल गरेर के गर्न सकिन्छ साेही अनुसार निर्णय गरेर अघि बढ्ने बताए ।
दुर्घटनामा मृत्यु हुनेहरु
१. ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप
२. समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप
३. खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप
४. कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे
५. सुदिप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे
६. बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप
७. शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर गाउँपालिका–९ काभ्रे
८. सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापानी
९. कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे
धुलिखेल अस्पतालमा ४ जनाको मृत्यु
१०. रामबहादुर श्रेष्ठ (४५ वर्ष )सुनापति वडा ५ खानियापानी
११.बुद्ध तामाङ (२४ वर्ष )सुनापति -४भोसा
१२. ङेमा तामाङ (६० वर्ष ) सुनापति- ५ रुपाकोट
१३. धनमाया वडा सिन्धुपाल्चोक चाैतरा सागाचोक गढी नगरपालिका गाउँपालिका- ९
उपचाररत २१ जनाकाे नामावली
१. जुना मगर, (४५ वर्ष) सुनापति–५ रामेछाप
२. राम बहादुर श्रेष्ठ, (४५ वर्ष) सुनापति–५ रामेछाप
३. आशिष तामाङ, (३४ वर्ष) सुनापति–५ रामेछाप
४. लाल सिङ तामाङ, (४५ वर्ष) सुनापति–५ रामेछाप
५. शोभा श्रेष्ठ, (३५ वर्ष) सुनापति–५ रामेछाप
६. गोमा खड्का, (५८ वर्ष) सुनापति–५ रामेछाप
७. बुद्ध तामाङ, (२४ वर्ष) सुनापति–५ रामेछाप
८. अमिका खड्का, (६२ वर्ष) सुनापति–५ रामेछाप
९. कान्छीमाया तामाङ, (४५ वर्ष) सुनापति–५ रामेछाप
१०. गंगा घले, (२४ वर्ष) सुनापति–५ रामेछाप
११. मान बहादुर तामाङ, (५८ वर्ष) सुनापति–५ रामेछाप
१२. बुद्धिलाल श्रेष्ठ, (५६ वर्ष) सुनापति–५ रामेछाप
१३. बुद्ध बिक, (७ वर्ष) सुनापति–५ रामेछाप
१४. चन्द्र श्रेष्ठ, (५५ वर्ष) सुनापति–५ रामेछाप
१५. ठुलो सिंह तामाङ, (८० वर्ष) सुनापति–५ रामेछाप
१६. सरस्वती खाती, (१६ वर्ष) सुनापति–५ रामेछाप
१७. डम्बर कुमारी खाती, (४० वर्ष) सुनापति–५ रामेछाप
१८. कान्छीमाया तामाङ, (४९ वर्ष) सुनापति–५ रामेछाप
१९. सबिना घिसिङ, (२३ वर्ष) सुनापति–५ रामेछाप
२०. अमर चौधरी, (३८ वर्ष) लालबन्दी–४ सर्लाही
२१. विष्णुराम खड्का, (१९ वर्ष) सह–चालक । बनेपा स्थित शिर मेमोरियलमा उपचार भइरहेको छ ।
३ जना घाइतेलाई कैलाश एयरको हेलिकप्टर मार्फत काठमाडौंमा ल्याएर उपचार भइरहेको छ ।
थप तस्बिरहरू :
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस