बिर्तामोडका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेल
- गाउँ सहर संवाददाता
- ३२ असार शनिबार, २०७९ | १४:५३:०० मा प्रकाशित
झापा । बिर्तामोडका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरुलाई रकम हस्तान्तरण गरिएको हो ।
शनिबार सहारा नेपालको सभाहलमा आयोजित कार्यक्रमकाबीच कृषकहरुलाई ४० हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको हो । रकम पाउने कृषकहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ जना, वडा नम्बर ८का ६ जना, वडा नम्बर ९का १५ जना र वडा नम्बर १०का ११ जना रहेका छन् ।
बिर्तामोड नगरपालिका र सहारा नेपालको साझेदारीमा विगत ३ वर्ष देखि विभिन्न क्षेत्रमा अनुदान वितरण हुँदै आएको छ । कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसंग विपन्न आवास, कृषि, पशुपंछि र शिक्षाको क्षेत्रमा साझेदारीका कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताए । उनले यस कार्यक्रमबाट कृषकको जीवनस्तर उकास्न, विद्यालय सुधार गर्न र गरिब विपन्न परिवार बस्ने राम्रो वातावरण निर्माण गर्नका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको धारणा राखे ।
बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरीयाले सहारा नेपालसंगको साझेदारीमा ३ वर्षमा १५० वटा स्यालो ट्युबवेल वितरण गरिएको जानकारी दिए । ५ वर्षको अवधिमा बिर्तामोड नगरपालिकाले ६३७ वटा स्यालो ट्युबवेल वितरण गरेको छ । यस चालु आर्थिक वर्षमामात्रै नगरबाट ६७ वटा र सहारा नेपालसंगको साझेदारीमा ५० वटा ट्युबवेल वितरण गरीएको जनाइएको छ । वितरण गरीएका ट्युबवेलबाट करिब २ हजार विगाह भन्दा बढी जमिनमा सिँचाई पुगेको छ ।
सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छवीलाल खतिवडाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा द्वितिय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, सञ्चालक समिति सदस्य शंकरप्रसाद रिजाल, लक्ष्मी आचार्य, गुहेश्वरी कार्की, नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया, कृषि प्राविधिक सुजित साह लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस