राजनीति

रामेछाप एमालेले असहयाेग गर्ने नेता कार्यकर्तालाई कारबाही थाल्याे

रामेछाप । नेकपा एमाले रामेछापले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयाेग गर्ने नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही थालेकाे छ । 

एमालले साेमबार ९ जना नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ ।

कारबाही पर्नेहरूमा मन्थली नगर कमिटी सचिव राजु कार्की, सदस्य रवि माझी र गोपाल थापा मगर, लिखु तामाकोशी गाउँपालिका–५ का अम्बर बहादुर खड्का छन् । 

त्यस्तै मन्थली नगरपालिका– १३ मै स्वतन्त्र उम्मेद्वार बनेका तत्कालिन जिल्ला सदस्य भगवती चौहान, सल्लाहकार सदस्य कृष्ण पौडेललाई निष्काशन गरिएको छ । 

मन्थली नगरपालिका– १३ का विदुर चौहान, महेन्द्र पुरी र प्रेम गिरीलाई जिम्मेवारीबाट हटाउदै स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।

उनीहरूलाई स्थानीय पार्टी कमिटीको सिफारिसरमा जिल्ला कमिटीको बैठकले कारवाही गर्ने निर्णय गरेको हो ।

पार्टीको हित विपरीत चुनावमा विपक्षीसँग तालमेल गरेर पार्टीलाई धोका दिएको भन्दै साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत