गाउँ सहर

करेन्ट लागि मृत्यु

काठमाडाैँ । झापामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भद्रपुर ७ निवासी ४० वर्षिय भोटलाल गणेश राजबंशी रहेकाे प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि उनी घाईते भएका थिए र उपचारको लागि मेची अस्पताल भद्रपुर लगेकोमा डाक्टरले चेक गर्दा मृत घोषणा गरेको थियाे ।

थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत