विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले गरे राजीनामा
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | १६:२२:०० मा प्रकाशित
काठमाडाैं । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले आज पदबाट राजीनामा दिएका छन् ।
पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती पछिल्लो समय पर्ख र हेरको अवस्थामा थिए ।
२०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित भएका थिए। केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र त्यसको लगत्तै प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको समेत जिम्मेवारी पाएका उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आएका थिए ।
पछिल्लो समय राष्ट्रिय दल बाहेक अन्य पार्टीहरूले स्थानीय तहको निर्वाचनमा दलको चुनाव नपाउने कानुनी प्रावधानको विरुद्ध पार्टीको तर्फबाट नेतृत्व गर्दै ३८ दलको मोर्चा बनाएर सङ्घर्षमा उत्रेका उप्रेती पार्टीको आन्तरिक कलहको बाबजुद अन्तिम समयमा अप्रत्याशित किसिमले स्थानीय तह निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएको लामो समय बितिसक्दा पनि नयाँ अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उप्रेतीको राजीनामालाई अर्थपूर्ण मानिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस