स्वास्थ्य
शुक्रबार एकैदिन ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | १६:३४:०० मा प्रकाशित
काठमाडौं– नेपालमा शुक्रबार एकैदिन ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार २८२ जनाको नमूना परीक्षण गर्दा ५७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस