अर्थतन्त्र

सुनकाे मूल्य ताेलाकाे ९५ हजार ८ सय रुपैयाँ

काठमाडाैं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार ९५ हजार १ सय रुपैयाँ रहेको थियो ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत