खेल

राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट ३५ खेलाडी छानिए, काे काे परे ?

काठमाडौं । महिला साफ च्याम्पियनसिपका लागि जारी नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट ३५ खेलाडी छानिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ५८  खेलाडीबाट २३ खेलाडी बाहिरिएको जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह 'बी' मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

नेपाल सहज मानिएको 'बी' रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।

यस्तै समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

छनोटमा परेका ३५  खेलाडी :

गोलकिपर - एन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक

डिफेन्डर - अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा थोकर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, गंगा गुरुङ

मिडफिल्डर -   सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, मञ्जली कुमारी योञ्जन, दीपा शाही, हिमा चौधरी,सविता राना मगर,ईन्दिरा राई,सरस्वती ऐर,कुशुम खतिवडा

फरवार्ड - सावित्रा भण्डारी, अनिता केसी,  निर्मला विक, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल

गाउँ सहर संवाददाता

तपाईँको मत