गाउँ सहर
राेजगार : एनआईसी एसिया बैंकले विभिन्न पदमा कर्मचारी माग्याे
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | १४:१७:०० मा प्रकाशित
काठमाडाैं । एनआईसी एसिया बैंकले आफ्ना सेवालाई थप विस्तार र ग्राहक सेवा सुधारका लागि भन्दै १६ विभिन्न पदमा कर्मचारी आवेदन मागेको छ ।
बैंकले डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगर, ब्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरू माग गरेको हो ।
वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्दै आएको बताउँदै बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।
आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा रहेका दृढ अठोट युक्त योग्य युवालाई बैंकले खोजी गरिरहेको जनाएको छ ।
बैंकले ब्रान्च म्यानेजर, सिनियर अफिसर, म्यानेजरलगायतका पदमा बुधबारदेखि आवेदन खुला गरेको हो । आवेदन अवधि आगामी भदौ १ गतेसम्म तोकिएको बैंकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस