फेरी ओरालो यात्रामा हिड्याे शेयरबजार
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | १३:२६:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले अंकले घटेको छ । आज नेप्से ३४.८५ अंकले घटेर दुई हजार एक सय १३ दशमलब ३० विन्दुमा बन्द भएको छ । बिहीबार नेप्से ३८.६१ अंकले घटेर दुई हजार एक सय ४८ दशमलब १६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । नेप्सेमा २ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जोशी हाइड्रोपावर कम्पनीको लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १५ करोड ६६ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस