आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग
- गाउँ सहर संवाददाता
- २५ श्रावण बुधबार, २०७९ | १८:५९:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजाेर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.२,५०,०००।– (अक्षेरुपी दुई लाख पचास हजार) नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे ।
सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निःशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
प्रतिकृया दिनुहोस