फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् - मेयर वालेन
- गाउँ सहर संवाददाता
- १ भदौ बुधबार, २०७९ | ०९:३७:०० मा प्रकाशित
काठमाडौँ । फोहोर ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने हाम्रो उद्देश्य होइन । फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका सन्दर्भमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्छन्, ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिवद्धता हो । प्रतिवद्धतामा हामी इमान्दार, सचेत र संवेदशनशील छौँ ।’
गएको जेठ २६ गते काठमाडौँ महानगरपालिका, धुनिवेँसी नगरपालिका र ककनी गाउँपालिकाविच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै प्रमुख शाहले, तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालु आर्थिक बर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको उल्लेख गरेका छन् ।
प्रहरी प्रशासनको सहयोग लिएर हिजो १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायतका मागहरु पूरा हुनुपर्ने बताउँदै उनीहरुले सडकमा अवरोध गर्दै आएका छन् ।
आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानी तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीयहरु डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।
नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङको १० मिलियन डलर लगानी
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
प्रतिकृया दिनुहोस