गाउँ सहर

काठमाडाैँमा फाेहाेरकाे डङ्गुर, कहिले उठ्छ ?

काठमाडौँ । उपत्यकाबासीले थुप्रिएको फोहोर तत्काल उठान माग गरेका छन् । उपत्यकामा फोहोर थुप्रिन थालेको एक महिना बित्न लाग्दा पनि फोहोर उठ्न सकेको छैन । फाेहाेर उठ्न नसक्दा शहर दुर्गन्धित बनेकाे छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसडोल ल्यान्डफिल साइटसम्म जाने बाटो सफा हुन अझै १५ दिन लाग्ने बताउँदै वर्षात्ले गर्दा फोहोर ओसार्ने बाटोमा पहिरो गएकाले समस्या भएको बताएका छन् । यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फोहोर उठ्ने निश्चित नभएको बताएका छन् ।

उपत्यकाको फोहोर व्यवस्थापनको उद्देश्यले निर्माण भइरहेको बन्चरेडाँडा ल्यान्डफिल साइटको निर्माणमा तोकिएको समयभन्दा दुई वर्ष ढिलाइ भएकाले उपत्यकाको फोहोर व्यवस्थापन गाह्रो भइरहेको उनीहरूले बताएका छन् ।

वर्षायामको समय र कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको समयमा फोहोरको थुप्रो लाग्दा महामारी फैलिने चिन्ता थपिएको छ । उपत्यकाको फोहोर व्यवस्थापनका लागि धादिङको बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण भइरहेको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपियाँको लागतमा बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ । सो एक हजार ७९२ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत