गाउँ सहर

देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाडाैं महानगरमार्फत नि:शुल्क उपचार हुने बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाडाैं महानगर आउन अनुरोध गरेका छन् ।

महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया नि:शुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उनले बिरामीको आवश्यकताअनुसार नि:शुल्क उपचार हुने बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत