काठमाडाैँकाे माैसम बदली, अरूतिर के छ ?
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण शनिबार, २०८० | ०८:१२:०० मा प्रकाशित
काठमाडाैँ । आज २०८० फाल्गुन १९ गते (शनिबार), काठमाडाैँकाे माैसम बदली छ ।
जल तथा माैसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम बर्षा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसरी नै राति देशभर साधारणतया बदली रहने उसले बताएकाे छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागकाे भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
- तेस्रो लगानी सम्मेलन सुरू
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
प्रतिकृया दिनुहोस