कला

शुन्य छु...

शुन्य छु

धेरै टाढा हेर्न खोज्छु

तर नजिकलाई भुल्न सक्दिन

सायद मानवीय कमजोरी

सधैँ कोहि बाँची रहँदैन

टाढा र नजिक

नजिक र टाढा

को टाढा

को नजिक

यो त कल्पना रहेछ

समय त हासिँरहेछ

मलाई भन्छ

हे कान्छा

म जहाँ छु

त्यहिँ छु

बग्ने त तिमी ह्वौ

कता बग्छाै

कहाँ पुग्छोउ

नर्कमा पुग्छौ

या शान्तिको मन्दिरमा

त्यो तिम्रो निर्णय हो

तिमीलाई शुभकामना

म समय हुँ

त्यसैले शुन्य छु।

तपाईँको मत