गाउँ सहर

पोखरा महानगरपालिकाद्वारा ‘हेलो मेयर’ हटलाइन नम्बर सञ्चालनमा

पाेखरा । पोखरा महानगरपालिकाले ‘हेलो मेयर’ हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । टोल फ्रि नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गरिने उसले बताएकाे छ ।

हटलाइन नम्बर हरेक दिन बिहान ९ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ भने आगामी दिनमा आवश्यकता अनुसार समय थप गरिने बताइएकाे छ ।

यसका साथै सेवा प्रवाहलाई सरल र सहज बनाउन आजदेखि “एकद्वार प्रणाली काउन्टर” स्थापना गरी सञ्चालनमा ल्याएको छ । महानगरको काम झन्झटरहित बनाउन र सेवा प्रवाह सहज, छिटोछरितो, पारदर्शी र नागरिकमैत्री बनाउन एकद्वार काउन्टर सुरुआत गरिएको हो ।

सेवाग्राहीलाई महानगरमा फाइल लिएर शाखा र सम्बन्धित फाँटको प्रमुख खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गरेर महानगरले एकैथलोबाट सेवा दिन सुरु गरिएको महानगरले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत