काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन र क्षेत्र नम्बर १ मा सिंह विजयी
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर मंगलबार, २०७९ | १२:४०:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन्। कांग्रेसका थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराई बिच उनीहरूबीच सात हजारभन्दा बढीको मतान्तर छ।
थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८५५ मत ल्याएका थिए। यहाँ ४५ हजार पाँच सय ३ मत खसेको थियो। यहाँ औपचारिक घोषणा हुन बाँकी छ। काठमाडौं-४ मा यी दुई प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धाको इतिहास छ। २०७४ को निर्वाचनमा पनि यी दुईबीच प्रतिस्पर्धा भएकोमा गगनले बाजी मारेका छन्। २०७० को चुनावमा पनि गगनले एमालेका उम्मेदवार निर्मल कुइँकेललाई हराएका थिए। थापा २०६४ सालमा समानुपातिकतर्फबाट सांसद भएका थिए।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १३२ मतले हराउँदै विजयी भएका हुन्।कांग्रेस उम्मेदवार सिंहले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाएका छन्। यसअघि २०७४ को चुनावमा पनि प्रकाशमान र रवीन्द्र मिश्रबीच प्रतिस्पर्धा भएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस