बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- गाउँ सहर संवाददाता
- ३१ भदौ मंगलबार, २०८२ | १६:३६:०० मा प्रकाशित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को साउन महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सम्बन्धी प्रतिवेदनले ब्याजदर घटेको देखाएको हो ।
उक्त प्रतिवेदन अनुसार अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष साउनमा २.९९ प्रतिशत रहेकोमा यो वर्षको साउनमा २.७५ प्रतिशतमा झरेको पाइएको छ । त्यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.९४ प्रतिशतबाट घटेर २.६५ प्रतिशतमा पुगेको छ ।
विभिन्न बैंकहरूको आधारदरमा पनि उल्लेख्य कमी आएको छ । २०८२ साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत, विकास बैंकहरूको ७.२८ प्रतिशत र वित्त कम्पनीहरूको ८.८७ प्रतिशत कायम भएको छ ।
गत वर्षको सोही महिनामा वाणिज्य बैंकहरूको आधारदर ७.६१ प्रतिशत, विकास बैंकहरूको ९.२८ प्रतिशत र वित्त कम्पनीहरूको १०.७५ प्रतिशत थियो ।
यस्तै, निक्षेप र कर्जाको ब्याजदर पनि घटेको छ । २०८२ साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत, विकास बैंकहरूको ४.६७ प्रतिशत र वित्त कम्पनीहरूको ५.८५ प्रतिशत पुगेको छ । गत वर्ष यिनै संस्थाहरूको निक्षेप ब्याजदर क्रमशः ५.६६, ६.४६ र ७.७१ प्रतिशत थियो ।
यस्तै, वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर पनि ९.६८ प्रतिशतबाट घटेर ७.७६ प्रतिशतमा झरेको छ । विकास बैंकहरूको कर्जाब्याजदर ११.०७ प्रतिशतबाट घटेर ९.०९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जाब्याजदर १२.३२ प्रतिशतबाट घटेर ९.९८ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस