गाउँ सहर

यी हुन् मन्त्रिपरिषदका निर्णयहरू

काठमाडौं । जेनजी आन्दोलनका क्रममा शाहदत्त प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको  परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

 अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ ।

गृहमन्त्री अर्यालका अनुसार १ असोजम शोक दिवस मनाउने र सार्वजनिक विदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।

जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत