वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- गाउँ सहर संवाददाता
- ३० भदौ सोमबार, २०८२ | १८:५९:०० मा प्रकाशित

काठमाडाैं । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले २०८२ सालको ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ रविन्द्र लामिछानेलाई प्रदान गर्ने भएको छ ।
धनगढी कैलालीका ३९ वर्षीय लामिछाने झण्डै डेढ दशकदेखि विकास तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय छन् । वातावरण संरक्षण अभियानमा लामो समयदेखि काठमाडौंमा कार्यरत क्लिनअप नेपाल संस्थामा हाल प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत लामिछानेले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा सफा नेपाल अभियानमा कलमसमेत चलाउछन् र हाल पिएचडीसमेत गर्दै छन् । क्लिनअप नेपालले विकास गरेको ’सफा नेपाल एप’ प्रवद्र्धन अभियानमा पनि उहाँ सक्रिय छन् ।
सम्मानपत्रका साथ, पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । स्मरणीय छ, नेपानका पूर्व अध्यक्ष स्व. डा. भोला दाहालको अमूल्य योगदानको सम्मान गर्दै नेपान सदस्यहरू तथा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनको एमफिल तह (२०१६–१८ ब्याच) मा अध्ययनरत केही विद्यार्थीहरूको व्यक्तिगत सहयोगको आधारमा रु. दुई लाख रुपैयाँको अक्षयकोष राखी त्यसको ब्याजबाट पुरस्कार प्रदान गर्नेगरी नेपानमा २०७८ सालमा स्थापित ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ पहिलोपटक २०७९ सालमा चितवनका विकासकर्मी विश्वास प्रजा (चेपाङ) लाई, दोस्रोपटक २०८० सालमा गुल्मीकी लक्ष्मी कुँवरलाई र तेस्रोपटक गोरखाका किरण बरामलाई प्रदान गरिएको थियो ।
यस वर्षको पुरस्कार प्रदान गर्ने कार्यक्रम यही असोज ४ गते शनिवार नेपानको ३१औं वार्षिक साधारणसभाको अवसर पारेर काठमाडौंको सुविधानगरमा हुने भएको छ । सोही दिन ‘प्रसिद्ध कणेल विकास लेखन पुरस्कार–२०८२’ बाट नेपालकी वरिष्ठ लेखक सुलोचना मानन्धर धिताल पनि सम्मानित हुँदैछन् । यो पुरस्कारको राशी पनि १० हजार रुपैयाँ नै रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
प्रतिकृया दिनुहोस