काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका सदस्य उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता पाएका छन् ।काभ्रे-२ मा हुमागाइले ५ हजार ३ सय ८५ मत प्राप्त गरेर अग्रता कायम गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले ४ हजार ४ सय मत प्राप्त गर्दै हुमागाईलाई पछ्याई रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ९ सय ५० मत प्राप्त गरेा छन् । अहिले बेथानचोक गाउँपालिका १-५ को मतगणना सकिएकाे छ । साथै बनेपानगरपालिका १-२ काे मतगणना पनि सकिएकाे छ ।
उता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा भने मंगलबार बिहान ७:३० बजेबाट मतगणना कार्य सुरु भएकाे निर्वाचन कार्यालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस