राजनीति
मोरङ क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विजयी
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | ११:३४:०० मा प्रकाशित

मोरङ । मोरङ प्रतिनिधि सभा क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विजयी भएका छन्।
कोइरालाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार १८६ मतान्तरले हराएका हुन्।
सत्ता गठबन्धनका उम्मेदवार कोइरालाले ३५ हजार २१८ मत पाउँदा एमाले-जसपा गठबन्धनका उम्मेदवार पण्डितले २२ हजार ९३२ मत पाए । यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ जम्मा ८५ हजार ३७१ मत खसेकोमा ८० हजार ४१७ सदर भएको थियो।
२०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रमा कोइराला र पण्डितबीच प्रतिस्पर्धा भएको थियो। पण्डितसँग कोइराला पराजित भएका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस