सातवटै प्रदेशसभाको मतपरिणाम : ३३० क्षेत्र प्रत्यक्षतर्फमा कुन दलको कति सिट ?
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर सोमबार, २०७९ | १५:५२:०० मा प्रकाशित
काठमाडौँ । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ ।
प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ ।
कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ नौ स्थानमा विजयी भएका छन् । प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ ।
नेकपा (एमाले)ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५३, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, जनता समाजवादी पार्टी नेपालले ११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी ८ र नागरिक उन्मुक्ति पार्टीले ७ , नेपाल मजदुर किसान पार्टी एक र हाम्रो नेपाली पार्टीले एक स्थानमा जित हासिल गरेका छन् । प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नं १ को प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र नौ र एकीकृत समाजवादी दुई तथा मधेस प्रदेशको ६४ सिटमा कांग्रेस १३, एमाले १५, जसपा नौ, लोसपा सात, जनमत पार्टी छ, माओवादी केन्द्र र एकीकृत समाजवादी चार/चार स्थानमा विजयी भएका छन् । मधेस प्रदेशसभामा छ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
बागमती प्रदेशसभाका ६६ सिटमा कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा सात, एकीकृत समाजवादी पाँच तथा नेमकिपा र हाम्रो नेपाली पार्टी एक/एक स्थानमा तथा गण्डकी प्रदेशसभाका ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमा एमाले १८, कांग्रेस १७, माओवादी पाँच, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी दुई/दुई, जनमत पार्टी एक तथा तीन स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशसभाका २४ सिटमा कांग्रेस र माओवादी नौ/नौ, एमाले पाँच र स्वतन्त्र एक तथा सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र आठ, नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले र एकीकृत समाजवादी तीन/तीन तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको लक्ष्य
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
प्रतिकृया दिनुहोस