खेल

जनकपुर र विराटनगर फाईनल प्रवेशका लागि खेल्दै

काठमाडौं । काठमाडाैंमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टीमा आज मंगलबार एक खेल हुँदैछ । मंगलबार दोस्रो क्वालिफायर खेल हुँदैछ ।

दोस्रो क्वालिफायरमा विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सको बीचमा खेल हुँदैछ । किर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

दोस्रो क्वालिफारमा पहिलो क्वालिफाईनमा पराजित जनकपुरले इलिमिनेटर खेलको विजेता विराटनगरसँग खेल्नेछ ।

आजको दोस्रो क्वालिफायर खेलको बिजेताले फाईनलमा स्थान बनाउँने छ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

यस लिगको समूह चरणको दुई खेलमा विराटनगर र जनकपुरले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै टोलीले खेल जनकपुरले जितेका थिए ।

आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत