गाउँ सहर

टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरपालिकाकाे नाममा अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरविरुद्ध निषेधाज्ञाको रिट जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले आज अन्तिम सुनुवाइपछि रिट जारी गरेको हो । 

यसअघि नै अदालतबाट यस विषयको निरुपण नगरी उत्खनन कार्यलाई अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो । 

महानगरले टुकुचा खोलाको खोजी गर्ने क्रममा खोलामाथि परेका संरचनाहरूमाथि डोजर लगाएको थियो । महानगरको सो कार्यविरुद्ध २२ जनाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । उसले जय नेपाल फिल्म हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनेर टुकुचा खोलालाई सतहमा फर्काउन खोजेको थियो ।

गाउँ सहर संवाददाता

Bishanu B Kc लेख्नुहुन्छ १९ माघ, २०७९ ०६:४१ am

नदी नाला राज कुलोको पनि नियम छ। राजकुलोको छेउछाऊ परे मापदण्ड अनुसार आफ्नै जग्गा पनि छोड्नू पर्छ। नियमबाहिर गएर फैसला गर्ने न्याधिसलाई छानविन गर्नू पर्छ।

तपाईँको मत