राजनीति

सत्तामा रहँदा के अनुभव गरे राजेन्द्र लिङ्देन ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई महिना सरकारमा रहँदाकाे अनुभव सार्वजनिक गरेका छन् ।

लिङ्देनले आफू सरकारमा रहँदाका बुझाइहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत केही बुँदा सार्वजनिक गर्दै लिङ्देनले देश बनाउन सकिने र बन्ने समेत दाबी गरेका छन् । 

कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको उनले उल्लेख गरेका छन् । साथै, देश आर्थिक र भूराजनीतिक दृष्टिबाट चेपुवामा परेको पनि उनले बताएका छन् । 

नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेको अभुवन आफ्नो कार्यकालमा गरेको लिङ्देनले उल्लेख गरेका छन् । 

लिङ्देनको स्टाटसः

छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु

● कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ ।
● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ ।
● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ ।
● देश बनाउन नसकीने र नबन्ने रहेनछ ।
बनाउन सकिन्छ र बन्छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत