बेथानचोक गाउँपालिकामा निर्माण हुने सुरुङमार्गको अध्ययनका लागि काठमाडाैं विश्वविद्यालयसँग सम्झौता
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण बिहीबार, २०७९ | ०९:५९:०० मा प्रकाशित
काठमाडाैं । काभ्रेको ढुङ्खर्क–च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाडाैं विश्वविद्यालयलाई दिएको छ ।
काठमाण्डौ विश्वविद्यालय र गाउँपालिकाबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सुरुङमार्गले काभ्रेको बेथानचोक गाउँपालिका–१ र ४ वडा जोड्नेछ ।
सम्झौताअनुसार काठमाडाैं विश्वविद्यालयले सुरुङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन पेस गर्नेछ ।
सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति भोला थापा र गाउँपालिकाको तर्फबाट अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गरेका थिए
समझदारीपत्रमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने विषय उल्लेख गरिएको छ । सुरुङको लम्बाइ एक देखि एक दशमलव पाँच किलोमिटरसम्म हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताए ।
सुरुङमार्ग निर्माणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको समेत अध्यक्ष अधिकारीले जानकारी दिए ।
बेथानचोक–४ को सेती भिरमा समय समयमा गइरहने सुक्खा पहिरोबाट हुने सडक बन्दको दिगो समाधानका लागि सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस