गाउँ सहर

नेशनल लाइफ इन्स्योरेन्सकाे अभिकर्ता भेलाले अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसमिति चयन

 

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रिय बीमक समिति गठन गरिएको छ । भक्तपुरको डोलेश्वर रिसोर्टमा आयोजित भेलाले गोविन्द प्रसाद अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो । कार्यक्रममा नेशनल लाइफमा कार्यरत ४५ बीमा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष नन्द प्रसाद तिवारीले उद्घाटन गरेको उक्त कार्यक्रममा कम्पनीका सहायक प्रवन्धक बिवेक शर्माको बिशेष आतिथ्यतामा पेशागत बीमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ़ इन्स्योरेन्स तदर्थ समिति संयोजक गोबिन्द प्रसाद अधिकारीको अध्यक्षतामा उक्त राष्ट्रिय भेला सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष दीपा शर्मा ओलीले सहभागी अभिकर्ताहरुलाई स्वागत गर्दै संगठनको औचित्यबारे प्रकाश पारेकी थिइन् । सदस्यद्वय रोशन कुमार माझी र सरिता महर्जनले हरेक पेशा ब्यवसायीका पेशागत संगठन रहने भएकाले तीनका सामूहिक आवाज़ संगठनका माध्यमद्वारा राख्न सामूहिक सौदाबाजीका लागि बल मिल्ने भएकोले कर्मक्षेत्रमा आइपर्ने अफ्ठ्याराहरुमा सहजता प्राप्त हुने विश्वास ब्यक्त गरे ।

पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफका सचिव शंकर लामिछानेले ब्यवस्थापन र बीमितका बीचमा पुलको काम गर्न पनि संघको आवश्यकता रहेको उल्लेख गरे ।

त्यस्तै पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ़ इन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा पूर्व प्रवक्ता जयराम बिडारीले संघले बिगतमा गरेका गतिविधिबारे प्रकाश पार्दै अभिकर्ताले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा सहभागीहरुलाइ जानकारी गराए ।

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारिले संघका गतिविधि तथा ब्यवस्थापन र अभिकर्ताहरुका बीचमा सहजीकरणमा संघको भूमिका सदैव समन्वयकारी रहनुका साथै ग्राहकको पक्षमा सदैव प्रभावकारी रुपमा रहनुपर्ने बिचार ब्यक्त गरे ।

कार्यक्रममा गोबिन्द प्रसाद अधिकारी, उपाध्यक्षमा दीपा शर्मा वली, उपाध्यक्ष जयराज जोशी, सचिवमा शंकर लामिछाने, सहसचिव यतिराज अधिकारी तथा कोषाध्यक्षमा श्यामकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरु क्रमश धनराज सिंह ठगुन्ना, राजेन्द्र बहादुर चन्द, राजेन्द्र प्रसाद यादव, सुमन श्रेष्ठ, दिपक अर्याल, रबि प्रसाद न्यौपाने, संगिता भट्टराई, गंगा पराजुली, उषा गुरुङ, खम्बु रोकाया, नवराज बम, नेपालमान श्रेष्ठ र बन्धु निरौला निर्वाचित भएका छन्

त्यसैगरि सल्लाहकार समितिमा जयराम बिडारी, नेत्र राउत, बिमल न्यौपाने, शुष्मा प्रधान, युवराज बस्नेत सहितको ५ सदस्यीय समितिको चयन गरिएको छ ।

कार्यक्रममा निर्वाचित अध्यक्ष गोबिन्द प्रसाद अधिकारीले संघको ब्यापक बिस्तार गर्दै देशका ७७ वटै जिल्लामा शाखा बिस्तारलाई प्रमुख प्राथमिकतामा राखिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बिशेष अतिथि बिवेक शर्मा तथा प्रमुख अतिथि नन्द प्रसाद तिवारीलाई अध्यक्ष गोविन्द प्रसाद अधिकारीले मायाको चिनो प्रदान गरेका थिए भने साथै नव निर्वाचित पदाधिकारिलाई सम्मान गरिएको थियो ।

तपाईँको मत