स्ववियु निर्वाचन : आइतबार ११४ क्याम्पसमा निर्वाचन १०६ वटामा निर्विरोध
- गाउँ सहर संवाददाता
- ५ चैत आइतबार, २०७९ | १७:०५:०० मा प्रकाशित

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । आज देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न क्याम्पसमा चुनाव भएको हो ।
विभिन्न २१७ क्याम्पस मध्ये १०६ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । कोशी प्रदेशका २१ क्याम्पस, बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।
कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कर्णालीमा २२, सुदूरपश्चिमका ३५ वटामा आज निर्वाचन भएको छ । अन्य १० वटामा ८ गते र एउटामा सोमबार चुनाव हुनेछ । २५ क्याम्पसमा आज निर्वाचन भएको छ ।
चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकामा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता भएन । थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नहुने क्याम्पसको संख्या ११४ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
- लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा, आजपनि घट्याे नेप्से
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
प्रतिकृया दिनुहोस