राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिका सभापतिमा केदार चापागाईं

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदार नाथ चापागाईं चयन भएका छन् ।

आईतवार चैत १९ गते कमल गाउँपालिकामा भएको वृृह्त भेलाबाट चापागाईं सर्व सम्मत चयन भएका हुन् । कमल बडा नम्बर ३ स्थित श्री सिंहदेबी सामुदायिक भवनको सभा हलमा सम्पन्न पार्टीको प्रथम भेलाले सभापतिमा चापागाईं सहित १७ सदस्य समिति गठन गरिएको हो ।

भेला बाट पालिका सचिवमा यज्ञ प्रसाद तिवारी, कोषाध्यक्ष तुलसा चम्लागाईं गौतम चयन भएका छन् ।

त्यस्तै गरी पालिका सदस्यहरुमा यम प्रकास सुब्वा, विष्णु अधिकारी, सिता ओझा, ओम बहादुर विष्ट, मनोज सिवाकोटी, खगेन्द्र राज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे, विष्णु माया सिटौला, डम्बर बहादुर थापा, पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी र मातृका ढुंगेल चयन भएका छन् ।

भेलाका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं प्रखर वक्ता रमेश प्रसाई रहेका थिए । प्रसाईले भेलालाई सम्बोधन गदै अरुको कुरा काट्ने, जराकाट्ने र टाउको काट्नेहरुले देश बनाउन नसक्ने बताए ।

३० वर्षसम्म अरुले शासन गरेको हेरियो तर देश र जनताका लागि कुनै पार्टीले केहि नगरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको बताए । त्यसैले अब देश र जनाका लागि काम गर्ने बेला आएको प्रसाईले बताए ।

देशमा बेतिथी र विशंगती दिनानु दिन बढी रहेको छ । नागरीकहरुको अवस्था झनझन दयनिय बन्दैछ । नेता कुर्सि र सत्ताका लागि मात्र मरिहत्ते गरिरहेका छन् । त्यसैले देश बनाउने जिम्मा अब युवाहरुको काँधमा आएको पार्टीका जिल्ला सह संयोजक प्रकास पाठकले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाका सभापति केदारनाथ चापागाँइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाटीको कोशी प्रदेश इन्चार्ज ओम भण्डारी, प्रदेश सदस्य एवं प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरे, झापा जिल्ला संयोजक उमेश खरेल, प्रदेश सदस्यहरु, विभिन्न  पालिकाका सभापतिहरु  तथा कमल बासीको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन राष्ट्रिय स्वतन्त्र पार्टीको नेता झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शम्भु ढकाल सुस्केराले गरेका थिए । पालिका समिति बनेपछि अब चाडै सातै बटा बडा समितिहरु पनि गठन हुने नव निर्वाचित सभापति केदार चापागाईंले बताए ।

करिब ५०० जना सदस्य एवं शुभेच्छुक उपस्थित भेलामा सयौले पार्टी सदस्यता समेत लिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत