गाउँ सहर

लेखा परीक्षण सार्वजनिक नगर्ने यी ८२ राजनीतिक दलहरू (सूची)

काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न ८२ दललाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, नेकपा एससहित ८२ दल अडिट रिपोर्ट सार्वजनिक नगर्नेको सूचीमा छन् । आयोगले ती दललाई पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गरेपनि सार्वजनिक नगरिएको भन्दै ७ दिनभित्र सार्वजनिक गरी त्यसको विवरण आयोगमा पेश गर्न भनिउको छ ।

लेखा परीक्षण सार्वजनिक नगर्ने दलहरूको सूची

गाउँ सहर संवाददाता

तपाईँको मत