दिगोविकास

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो युरोमनी अवार्ड

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ‘युरोमोनी अवार्ड फर एक्सिलेन्स २०२३’ बाट सम्मानित भएको छ।

बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि याे अवार्डबाट सम्मानित गरिएकाे हाे।

बैंक यो अवार्ड तेस्रो पटक सम्मानित भएको हो। यसअघि बैंकले सन् २०१८, २०२१ मा पनि याे अवार्ड प्राप्त गरेको थियो।

युरोमनी बेलायतको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो।

वार्षिक कार्यसम्पादन, रणनीतिक वृद्धि, ग्राहकमैत्री सेवा र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडलाई युरोमनीले सम्मानित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत