विद्युत

कुलमानले सार्वजनिक गरे प्राधिकरणको प्रगति विवरण : सञ्चित नाफा ३६ अर्ब ६७ करोड (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा पनि विगतजस्तै विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उल्लेख गरेका छन् ।

७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै उनले गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व ६७ करोड पुगेको बताएका छन् ।

हाल राष्‍ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्‍त गरिरहेको घिसिङले बताए । आउँदो २ वर्ष भित्र सबै जनताकहाँ बिजुलीको पहुँच पुर्‍याउने उनले लक्ष्य सुनाए ।

घिसिङले अघिल्लो वर्ष १५.३८ प्रतिशतले रहेको विद्युत चुहावट आर्थिक वर्ष २०७९/८० मा १३.४६ प्रतिशतमा झार्न सफल भएको बताए । यो नेपालको इतिहासमा विद्युत चुहावटको हालसम्मकै न्यून विन्दु रहेको समेत सीईओ घिसिङको दाबी छ । 

घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेका छन् ।  घिसिङले  शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् । विद्युत सञ्चालक समितिले विभिन्न समयमा गरेको निर्णयका आधारमा घिसिङले कर्मचारीको सेवा सुविधा बढाएका हुन् । 

प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता ७ हजार ५०० बाट  १५ हजार बनाइएको छ । त्यस्तै विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँ पुर्याइएको छ भने शैक्षिक अनुदान १० हजारबाट ३० हजार पुर्याइएको छ । यस्तै कर्मचारीलाई दिइँदै आएको दैविक प्रकोप अनुदान रु २० बाट ४० हजार पुर्याइएको छ ।  

कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने घोषणा समेत घिसिङले गरेका छन् ।  प्राधिकरणका कर्मचारीका छोराछोरीका लाथि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने घोषणा समेत घिसिङले गरेका छन् ।   त्यस्तै कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थपिएको छ भने प्रत्येक अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने घोषणा समेत घिसिङले गरेका छन् । 

घिसिङले पेश गरेको प्रतिवेदनको पूर्णपाठ :

गाउँ सहर संवाददाता

Madan Juwa लेख्नुहुन्छ १ भदौ, २०८० ५:५० pm

अब अझ्झ खपत बढाउन बिद्यूत-महसूलमा केही कमी गरे जनताले बिद्यूतीय चूलो आदिको उपयोग अलि बढी गने'छन् ।त्यसतफ' पनि सोचौं ।

तपाईँको मत